ताजा अपडेट »

बाँकेमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

शुक्रबार, ३१ बैशाख २०७८

बुटवल । बाँकेमा कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । होम आइसोलेसनमा बसेकी खजुरा १ बाँकेकी ६४ वर्षीया महिला, भेरी अस्पताल नेपालगन्जमा उपचाररत कुमाख १ सल्यानकी ६७ वर्षीया महिला, मधुवन ६ बर्दियाका ५८ वर्षीय पुरुष, बैजनाथ ६ बाँकेकी ३५ वर्षीया महिला, खजुरा ३ बाँकेकी ७५ वर्षीया महिला र नेपालगन्ज ५ बाँकेकी ६१ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी बताए ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत लम्कीचुहा ९ कैलालीका ४० वर्षीय पुरुष र कोहलपुर २ बाँकेका २८ वर्षीय पुरुषको मृत्यु भएको छ ।यो संगै कोरोनाबाट बाँकेका २२२ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाका १६७ जनाको मृत्यु भएको छ ।