ताजा अपडेट »

पर्खाल भत्किंदा १७ जनाको मृत्यु

शनिबार, १४ असार २०७६

असार १४,

भारतको महाराष्ट्र राज्यस्थित पुणेको कोढवा इलाकामा पर्खाल भत्कँदा १७ जनाको मृत्यु भएको छ । घटनामा ११ पुरुष, दुई महिला र चार बालबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घटनामा घाइते भएका तीन जनाको उद्दार गरिएको छ । केही व्यक्ति अझै भग्नावशेषमा पुरिएको आशंकामा खोजी जारी रहेको छ । एउटा भवनको ५० फिट लामो पर्खाल झुपडी बस्तीमाथि खसेको हो । ठेकेदारको लापरबाहीले पर्खाल भत्किएको हुनसक्ने भन्दै छानबिन सुरु भएको छ ।

-एजेन्सी