ताजा अपडेट »

कोरोना कहर : पहिले र अहिले…

विहीबार, ३० बैशाख २०७८

गतवर्ष अर्थात् २०७७ बैशाखमा लकडाउन थियो ,अहिले निषेद्याज्ञा छ । वि.सं.२०७६ चैत ११ गतेदेखि नेपालमा लकडाउन सुरु भएको थियो । सन् २०१९ को अन्त्यमा हाम्रो छिमेकी देश चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरस,कोभिड–१९ विश्वभर फैलँदै थियो। नेपालमा पनि केही जिल्ला र केही व्यक्तिमा देखिएको थियो । त्यसको रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेको थियो । करिब देशव्यापी लकडाउनमा देश ठप्प भएको थियो । उता चीन,ब्राजि,अमेरिका,इटाली ,भारत लगाएतका देशहरुमा भने कोरोना महामारी बढ्दो थियो । यता नेपालमा भने कोरोना संक्रमण भन्दापनि कोरोना संक्रमणका कारण अन्य देशमा भएको भयावह अवस्था हेरेर त्रास थियो।

नेपालमा भने दृश्य फरक थियो । लामो लकडाउन हुने भन्ने आंंकलन र लकडाउने टाढा–टाढाका जिल्लाबाट घर फर्कने,विदेशबाट स्वदेश फर्कने, शहरबाट गाउँ फर्कनेको लहर थियो । सडकमा लामबद्ध पैदलयात्री देखिन्थे । ती बाहिरबाट आउनेहरुका लागि विभिन्न स्थानमा क्वारेन्टाइन बनाएका,लकडाउनका कारण बाटोमा अल्पत्र परेका यात्री,लकडाउनका कारण जिविकोपार्जन गर्न गार्हो भएकाहरुलाई राहतको माग र वितरण गरेका दृश्यहरु देखिन्थे । विदेशबाट आउन नपाएका,स्वदेशमै सडकमा अल्पत्र परेका केही कारुणिक दृश्यहरु देखिएका थिए भने पहिलो चरणको लकडाउमा घरमै बसेर मिठा–मिठा परिकार पकाएका,खाएका तस्वीरहरु पनि सामाजिक सञ्जालमा छरपष्ट देखिन्थे । मानौ कुनै चाड वा पर्व जस्तै त्यतिबेला ती दृश्यहरु निकै थिए ।

तर, विस्तारै लकडाउन लम्बिँदै जाँदा सबै दृश्यहरु पनि घट्दै थिए। बाटोमा पैदलयात्री,गाउँघरमा क्वारेन्टाइन,राहत वितरण लगाएतका दृश्यहरुमा कमी हुँदै गयो । यससँगै चाडपर्वहरु सुरु भए । लामो लकडाउन र कोरोना त्रासका बीच नेपाली महान पर्वहरु पनि बिस्तारै,आउँदै,सकिँदै गए। लकडाउन र पर्व जे–जस्तो भएतापनि कोरोनाको कहर भने हट्दै थियो। नेपालमा कोरोनाको रोकथाम र नियन्त्रण भएजस्तै भएको थियो । र,यससँगै मानिसहरु आफ्नो दैनिकमी फर्कदैँ थिए । सरकारले पनि अत्यधिक भिडभाड हुने बाहेकका क्षेत्र खुकुलो बनाउँदै आएको थियो । बैंक,कार्यालय पूर्ण रुपमा सञ्चालित थिए । विद्यालय सूचारु भएका थिए । बिस्तारै मानिसहरु सामान्य जनजीवनतर्फ फर्कदैं थिए ।

कोरोनाका कारण सिर्जित लकडाउन र यसको प्रभावबाट विदेशबाट स्वदेश फर्केका,स्वदेशमै रहेर पनि रोजगार गुमाएका वा आफ्नै गाउँ–ठाउँमा केही गर्न चाहनेहरुले विभिन्न योजना बनाएका थिए । तर,उता अमेरिका,जापान,छिमकेी राष्ट्र भारतमा भने कोरोनाको कहर र संक्रमण जारी नै थियो । अझै नयाँ भेरियण्टको कोरोना संक्रमणले थप त्रास उत्पन्न गर्दै थियो । जुन हामीलाई पनि त्रास थियो । हाम्रो देशसँग सिमा जोडिएको छिमेकी देश भारतमा कोरोना संक्रमित बढेपछि त्यो स्वाभाविक नै हो। तर,हामी भने सरकारले सुरु गरेको खोप अभियान र विश्वमा पनि कोरोना विरुद्धको खोप बनेको सो बाट अब ढुक्क हुने जस्तो अवस्थामा थियौं। तर,गतवर्ष निकै चर्चामा रहेको गीत ‘सोँचै झै जिन्दगी रहेन छ …’भने जस्तै कोरोना पनि सोँचे झै नियन्त्रणममा भएको हैन छ।

हो,कोरोनाले कमव्याक गर्यो, डाक्टर तथा विशेषज्ञहरुका अनुसार परिमार्जित भएर आयो । नयाँ स्वरुप लिएर आयो ,फरक–फरक विशेष्ता लिएर आयो। अन्ततः नयाँ भेरियण्टको जोखिम यथार्थमा देखिने संकेत अयो । सरकारले पुनः सतर्कता अपनाउन आग्रह गर्दै केही समय निषेद्याज्ञा तथा लकडाउन गरेन। कोरोना परीक्षण र संक्रमित संख्या घट्दै न्यून भएको अवस्थामा नयाँ भेरियण्टको कोरोनासँगै संक्रमित पनि बढ्न थालेपछि भारतमा दैनिक हजारौ संक्रमित र सयौंको मृत्यु हुन थालेपछि नेपालमा पनि बैशाख १६ गतेदेखि निषेद्याज्ञा सुरु भयो । रुपन्देही लगाएत केही जिल्ला र शहर केन्द्रित निषेद्याज्ञा बढेर हालसम्म ७० भन्दा बढी जिल्लामा निषेद्याज्ञा छ। र, सुरुमा एक सातादेखि १५ दिनसम्म फरक–फरक स्थानमा गरिएका निषेद्याज्ञा अवधी लम्बिँदै गएको छ ।

दोस्रो लहर,नयाँ भेरियण्ट र वर्तमान अवस्था भने फरक छ । पहिले अर्थात् गतवर्षको भन्दा धेरै भिन्नता छ । गत वर्षको कोरोना कहर अहिले पीडामा परिणत भएको छ। गत वर्ष धेरै डर थियो,यस वर्ष मानवीय क्षति छ। गत वर्षको संक्रमणको कहर थियो, अहिले मृत्युको कहर छ । गतवर्ष संक्रमण र मृत्युसँग भौतिक दूरी थियो,यस वर्ष संक्रमण र मृत्युसँग दूरी छैन । हाल दैनिक ९ हजारको आसपास संक्रमित थपिएका छन्,२ सय बढीको मृत्यु भएको छ । र,यो क्रम निरन्तर छ। संक्रमित र उनका परिवार मात्रै होइन यो अवस्थाले समाज र देशनै आतंकित छ । मृत्यु भन्दा मृत्युको कल्पना र डरले मानिसलाई सताइरहन्छ।

अझै अहिले संक्रमण बढेसँगै अस्पतालका बेड भरिएको पनि धेरै भयो । वितेका २ हफ्तामा आइसोलेशन बेड र अक्सिजन नै नपाएर कैंयौंले ज्यान गुमाइ सकेका छन् । देशका मुख्य शहर र अस्पतालमा अक्सिजनको हाहाकार छ। बिरामी,बिरामीका आफन्त,अस्पताल ,प्रशासन,स्वास्थ्यकर्मी मात्रै होइन स्थानीय,प्रदेश र केन्द्रीय तीनै तहका सरकार पनि लाचार भएका छन् । रुपन्देही,बाँके, काठमाण्डौं लगाएतका मेडिकल र ठूला अस्पतालले बिरामी भर्ना नलिने भन्दै सूचना नै जारी गरेका छन्। कोरोना संक्रमण भए मात्रै होइन तिव्र ज्वरो आएर,कुनै दुर्घटनामा परेर वा अन्य स्वास्थ्य समस्याका कारण अस्पताल गएपनि उपचार नपाइने अवस्था छ। पहिले कोरोना वृद्धा र दिर्घ रोगीलाई घातक भनियो। तर, अहिले संक्रमण र मृत्यु हुने अधिकांश युवा अवस्थाका रहेका छन्। हो, कोरोना र अवस्था दुबै पहिले जस्तै छैनन्।

आफ्नै अगाडि आफन्त बिरामी भएर छट्पटिँदा अस्पतालको कल्पना गर्न नसक्ने,एम्बुलेन्स नमान्ने,गेटमा पुगेर अस्पतालको ढोका नखुल्ने, अक्सिजन नपाएर बिरामी घर,एम्बुलेन्स,अस्पतालमै प्राण गुमाउने ,शव दाहसंस्कार छोडौं,व्यवस्थापन हुन पनि गार्हो हुने अवस्थामा हामी छौं। निरह भएर सबै टुलु–टुलु हेर्नु र सकेसम्म आफू बाँच्ने प्रयास गर्नुबाहेक अहिले हामीसँग अरु विकल्प देखिएन। भनिन्छ,हरेक कुरा दिगो हुँदैन , कामना गरौं यो अवस्थाको पनि चाँडै अन्त्य होस् । अहिलेको उपाय भनेकै घरमे बस्नु, एक अर्काबीच दूरी राख्नु हो। त्यसैले सरकार र प्रशासनले निषेद्याज्ञा जारी गरेका छन्। सबैले पालना गरौं , सुरक्षित बनौं । जीवन अमूल्य छ, स्वास्थ्य सावधानी अपनाऔं ,बाचौं र बचाऔं।

https://www.globalaawaj.com/archives/104036