ताजा अपडेट »

कोरोना महामारी र कृषि पर्यटनमा प्रभाव

विहीबार, ३० बैशाख २०७८

'नेपाल कृषि प्रधान देश’ भनेर हामीले सानैदेखि सुन्दै र पढ्दै गरेको कुरा हो । यहाँका बहुसंख्यक व्यक्ति कृषि पेशामा आश्रित छन् । बिशेषतः यतिबेला नेपालका कृषि व्यवसायीले कृषिसँगै पर्यटनलाई पनि साथमा राख्दै कृषि पर्यटनलाई साथमा राख्दै कृषि पर्यटनलाई एउटै व्यवसायको रुपमा अगाडि बढाएका छन्।केही वर्षयता नेपालमा व्यवसायिक कृषिले गति लिँदै आएको छ । देशका विभिन्न स्थानमा करौंडौंका फर्महरु खुलेका छन् । कृषिमा आधुनिकरण र व्यवसायीकरण हुँदै छ । कृषि उत्पादन र रोजगारसँगै त्यस्ता फर्म अवलोकन गर्नेहरुको चहल-पहलले कृषि पर्यटन पनि फस्टाउँदै गएको थियो ।

भर्खरै मात्र एकरुपतामा ल्याइरहेको व्यवसायलाई भने बैरीको नजर लागेजस्तै बिश्वब्यापी रुपमा कोरोना भाइरसको बिग-बिगि बढ्दै गर्दा थप समस्याको अवस्थामा पुगेको छ । नेपालमा भर्खर मात्र पाइला चाल्दै हिँडेका कृषि पर्यटन व्यवसायीलाई विश्वब्यापी रुपमा बढेको कोरोना कहरले धरासायी अवस्थामा पुर्याएको छ र अझै यसले कति क्षति गर्ने हो भनी अनुमान गर्नपनि गार्हो छ । एकातर्फ मुलुकमा कृषि विशेष नीति कार्यान्वयन नहुनु अनि अर्कोतर्फ कोरोना कहरमा परेका व्यवसायीले आफ्नो व्यवसायलाई उठान गर्न समस्या देखिएको छ। र, कोरोना कहर र निषेद्यागा लम्बियसँगै समस्या पनि बढ्दो छ ।

भर्खरै मात्र व्यवसायिक उठानमा लागेका व्यवसायीहरुलाई अहिले समस्या परेको देखिन्छ । तथापि यसलाई समाधान गर्न सरकारी संयन्त्र समेत नलागेकोले पनि समस्या बढिरहेको पाइन्छ । २०७६ चैत्र ११ गतेदेखि नेपालमा भएको लकडाउनका कारण थिलो-थिलो परेका व्यवसायीहरु लकडाउन खुलेसँगै शान्तिको सास फेर्दै व्यवसायमा पुर्नताजगीको आभाष गरिरहेको बेला पुनः कोरोनाको दोस्रो लहर नेपालमा पनि तिब्र रुपमा बढ्न लागेको अवस्थामा सुरु भएको निषेधाज्ञाले पुनः व्यवसायीहरु धरासायी बन्ने भएका छन् । यस्तो अवस्थामा अत्यावश्यक र महत्वपूणर् मानिने खाद्यान्न , तरकारी तथा जडिबुटी उत्पादन गर्ने कृषि क्षेत्रलाई सुरक्षित र व्यवस्थित साथ अगाडि बढाउन सकिन्छ ।

सरकारले व्यवसाय नै बन्द गर्ने भन्दापनि सुरक्षाका सम्पूणर् मापदण्डहरु अपनाएर व्यवसाय सञ्चालन गर्ने बातावरण मिलाउनुपर्ने आजको आवश्यकता रहेको पनि देखिन्छ । साथै नेपाल सरकारले राष्ट्रको ढुकुटीमा योगदान पुर्याएका यस्ता व्यवसायीहरुको व्यवसायिक सुरक्षाका लागि पनि विशेष राहत योजना अगाडि बढाई कृषि व्यवसायी पर्यटन व्यवसायी र कृषि पर्यटन व्यवसायीलाई थाम्नु पर्ने आवश्यकता देखिएको छ । यदि त्यसो हुन नसकेको खण्डमा व्यवसायीहरु घर/जग्गा भाडा, बैंक व्याज लगायतको पिडाले केही स्थापित ठूला व्यवसायी बाहेक अन्य व्यवसायीहरु व्यवसायबाट पलायन हुने अवस्था समेत नहोला भन्न सकिन्न। सरकारले गरेको लकडाउन जारी रहँदा लाखौं मानिसहरु घरभित्रै छन् ।

यो समयमा खाद्यान्न बढी खपत हुने समय पनि हो । एकातर्फ खाद्यान्नको माग बढ्दो हुन्छ भने अर्कोतर्फ किसानले उत्पादन गरेको कृषिजन्य बस्तु खेतमै कुहिने अवस्था छ । सरकारले कृषिजन्य बस्तुको ढुवानीमा सहजता नबनाउँदा उत्पादित बस्तु उपभोक्तासम्म पुग्न सकेको छैन । अघिल्लो वर्ष बैदेशिक रोजगारी गुमाएका र यहिँ आफ्नो देशमा केही गरौँ भन्ने मानसिकताले व्यवसाय गरेका साना व्यवसायीहरु यस महामारीको प्रभावले आफ्नो व्यवसायनै छाडेर पलायन हुन नपरोस् र रेमिटान्स(विप्रेषण)को स्थानमा व्यवसायीले तिरेको कर रकम आउने वातावरण तयार गर्नका लागि तीन तहकै सरकारको पहलमा बैँक तथा बित्तिय संस्थाले आफ्नो बैङ्किङ नीति परिवर्तन गरि व्यवसायीहरुलाई उत्थान गर्ने नीति निर्माण गरी तत्कालनै कार्यान्वयन गर्ने पाटोमा लाग्नुपर्ने आवश्यकता देखिन्छ । जय युवा,जय कृषि !