ताजा अपडेट »

तिलोत्तमा मेयर कपको उद्घाटन खेलमा पाल्पा-११ बिजयी

शनिबार, १४ असार २०७६

असार १४,
ग्लोबल आवाज

बुटवल । तिलोत्तमा फुटवल एकेडेमीको आयोजनामा आजदेखि सुरुभएको उद्घाटन खेलमा पाल्पा एघार विजयी भएको छ । वडा नम्वर १को चप्परहट्टी स्थित खेल मैदानमा भएको तिलोत्तमा मेयर कप फुटवल प्रतियोगितामा आयोजक तिलोत्तमा एकेडेमीलाई पराजित गर्दै पाल्पा ११ बिजयी भएको हो । २ एक को जीत हासिल गरेको पाल्पा ११ का लागि सुमित केसीले ५८ औं र ७८ औ मिनेटमा गोल गर्न सफल भएका थिए । तिलोत्तमा एकेडेमीका लागि बिज्ञान गुरुगंले ६८ औ मिनेटमा १ गोल गरेपनि जीत लागि प्रयाप्त हुन सकेन ।

असार २८ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देही नवलपरासी र पाल्पाका उत्कृष्ट १६ टिमकोको सहभागिता रहेको छ । प्रतियोगिताको आज एक समारोहका बीच तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले उदघाटन गरेका हुन् । नगरप्रमुख घिमिरेले खेलाडीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उदघाटन गरेको हो । भोलीको खेल स्मृति स्पोर्टस क्लव तिलोत्तमा र देशभक्त क्लव नवलपरासीका बीचमा हुने छ । प्रतियोगितामा जिल्ला बाहीरका टीमलाई प्रति टीम २ हजार रुपैया यातायात खर्च र प्रत्येक पटक जित्ने टीमलाई २ हजार रुपैया प्रोत्साहन रकम दिइने एकेडेमीका महासचिव युवराज पराजुलीले जानकारी दिए । त्यस्तै प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ठ खेलाडीलाई बिशेष पुरस्कार र उत्कृष्ठ रिपोटिगं गर्ने पत्रकारलाई ५ हजार रुपैया सहित सम्मान गरीने पराजुलीले बताए ।


प्रतियोगिताको बिजेता टीमले एक लाख ११ हजार रुपैया नगद सहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैया नगद र मेडल प्राप्त गर्ने छन् । साढे १२ लाख रुपैया खर्च हुने अनुमान गरीएको प्रतियोगिताको संरक्षकमा तिलोत्तमा नगरपालिका रहेको छ । उत्कृष्ट खेलाडी र पत्रकारलाई तिलोत्तमाको योगिकुटी स्थित गुड टाइम फेमेली रेष्टुरेण्टले सौजन्य गर्ने छ । खेल हेर्न ५० रुपैया टिकट शुल्क राखिएपनि महिला, बालबालिका, जेष्ठ नागरीक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क प्रबेशको व्यवस्था गरीएको छ ।