ताजा अपडेट »

अस्पतालमा किट अभाव, पिसिआर टेष्ट रोक

मंगलबार, २८ बैशाख २०७८

काठमाण्डाै । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर परीक्षण स्थगित गर्नु परेको बताए । उनले बाहिरबाट समयमा किट नआएपछि पिसिआर परीक्षण रोकिएको बताए ।

“हामीले पहिले दैनिक २०० देखि ३०० परीक्षण गर्दै आइरहेका थियौँ”, उनले भने, “अहिले दैनिक ५०० देखि ६०० सम्म परीक्षण हुन थाल्यौँ । त्यसैले किट सकियो ।” उनका अनुसार आगामी आइतबारदेखि पुनः पिसिआर गरिनेछ ।