असार १३,
काठमाण्डौं । नेपालले मलेसियासँग दुई टि-ट्वान्टी सिरिज खेल्ने भएको छ । सिंगापुरमा हुने आईसीसी विश्वकप एसिया टि-ट्वान्टी छनोट अघि नै नेपालले मलेसियासँग टि-ट्वान्टी सिरिज खेल्ने भएको हो ।
नेपालले असार २८ र २९ अर्थात् जुलाई १३-१४ मा किनारा ओभल क्रिकेट मैदानमा दुई टि-ट्वान्टी सिरिज खेल्ने खबर मलेसियन क्रिकेट बोर्डले शुक्रबार सार्वजनिक गरेको छ । आईसीसी विश्वकप टि-ट्वान्टी भने एसिया छनोट आगमी जुलाई २०-२८ सम्म सिंगापुरमा हुने छ । प्रतियोगितामा नेपालसहित सिंगापुर, कुवेत, मलेसिया र कतारले प्रतिष्पर्धा गर्नेछन् ।
प्रतिक्रिया