भैरहवा । रुपन्देहीमा कोभिडबाट सक्रिय संक्रमित हुनेको संख्या ६ हजार नाघेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ६ सय ९८ जना संक्रमित थपिदा कुल सक्रिय संक्रमित संख्या ६ हजार २ सय ७३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ जनाले कोभिडबाट ज्यान गुमाएका छन् । जिल्लामा कोभिडबाट ज्यान गुमाउनेको संख्या २ सय ६२ पुगेको स्वास्थ्य कार्यालयले जानकारी सार्वजनिक गरेको छ ।
२४ घण्टामा सबै भन्दा बढी बुटवल उपमहानगरपालिकामा ३ सय जना कोरोना पोजिटिभ देखिएका छन् । यस मध्ये १ सय ४८ जना महिला र १ सय ५२ जना पुरुष रहेका छन् । यसै गरि सिद्धार्थनगर नगर पालिकामा २९ महिला र ४९ पुरुष गरि ७८ जना, तिलोत्तमा नगरपालिकामा ५६ महिला र ९५ पुरुष गरि १ सय ५१ जना, सैनामैना नगरपालिकामा ३० जना महिला र ४२ जना पुरुष गरि ७२ जना र देवदह नगरपालिकामा १३ जना महिला र १५ जना पुरुष गरि २८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ ।
कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार संक्रमितहरु मध्ये ३६ प्रतिशत सक्रिय संक्रमित रहेका छन भने ६३ प्रतिशत निको भएर घर फर्किसकेका छन् । संक्रमित मध्ये १ प्रतिशतको मात्र मृत्यु भएको छ । रुपन्देहीमा कोरोनाको ग्राफ दैनिक रुपमा बढ्दो रहेको छ । बैशाख १ गते ३८ जना संक्रमित देखिएकोमा २ गते १५ जना ३ गते ३६ जना, ४ गते ३५ जना, ५ गते ६६ जना, ५ गते ७९ जना संक्रमित देखिएका थिए ।
यस्तै ७ गते ७३ जना, ८ गते १ सय १८ जना ९ गते ६८ जनामा संक्रमण देखिएकोमा १० गते एक्कासी बढेर यो संख्या २ सय २६ मा पुगेको थियो । त्यस यता संक्रमितहरुको संख्या लगाततर बढ्दै गई रहेको छ । ११ गते ३ सय १, १२ गत २ सय ४, १३ गते २ सय ६३, १४ गते ४ सय १९, १५ गते ३ सय ८०, १६ गते ४ सय ४७, १७ गते ४ सय ५९ जना, १८ गते ४ सय ४ सय ३२ जना, १९ गते ४ सय ४१ जना, २० गते ५ सय ७९ जनामा संक्रमण देखिएको थियो । यस्तै २१ गते ७ सय ९७ जना ,२२ गते ५ सय ८७, २३ गते ७ सय ४५ जना, २४ गते ७ सय ८२ जना र आज २५ गते ६ सय ९८ जनामा संक्रमण देखिएको हो ।
प्रतिक्रिया