ताजा अपडेट »

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

शुक्रबार, १३ असार २०७६

असार १३,
काठमाण्डौं । कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरिएको हो ।

गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको ईपीएस कोरियाले जनाएको छ । नतिजासम्बन्धी विस्तृत विवरण केहीबेरमा सार्वजनिक हुने ईपीएस कोरियाले जनाएको छ । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान यस वर्ष ८४ हजार दुई सय १४ जना युवा भाषा परीक्षामा सहभागी भएका थिए ।

काठमाडौंका २१, ललितपुरका सात र पोखराका चार गरी ३२ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । सन् २०२० मा कोरिया जान गत चैतमा ९२ हजार तीन सय ५६ जनाले आवेदन परीक्षाका लागि आवेदन दिएका थिए । तीमध्ये उत्पादनमूलक क्षेत्रमा ६३ हजार तीन सय ७० जना र कृषि तथा पशुपालन क्षेत्रका लागि २८ हजार आठ सय ३४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये आठ हजार एक सय ४१ जना भने अनुपस्थित भए । अर्काको नाममा परीक्षा दिएको आरोपमा एक सय ५६ जना कारबाहीमा परेका थिए ।