नेपालगन्ज ।बाँकेमा कोरोनाबाट फेरि थप १० जनाको मृत्यु भएको छ ।भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज १० का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको बिहिवार साँझ ५ बजे मृत्यु भएको हो। त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर १० की २७ वर्षीया महिलाको बिहिवार साँझ ५ बजेर ४० मिनेट र सोही अस्पतालमा नेपालगन्ज ६ का ५४ बर्षीय पुरुषको बिहिवार साँझ ६ बजेर ५० मिनेटमा मृत्यु भएको छ। यस्तै भेरी अस्पतालमा बारबर्दिया ६ बर्दियाका ४७ बर्षीय पुरुषको गएराती ९ बजे मृत्यु भएको छ।भेरी अस्पतालमै टिकापुर २ कैलालीकी ४८ बर्षीया महिलाको गएराती साढे ११ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले बताए । फोकल पर्सन वलीका अनुसार नेपालगन्ज मेडिकल कलेजमा नेपालगन्ज ६ का ३४ बर्षीय पुरुषको शुक्रबार बिहान साढे १ बजे मृत्यु भएको छ। नेपालगन्ज १८ की ५६ बर्षीया महिलाको भेरी अस्पतालमा उपचारका क्रममा बिहान २ बजे मृत्यु भएको छ भने नेपालगन्ज ३ का ५२ वर्षीय पुरुषको बिहान ३ बजे भेरी अस्पतालमा मृत्यु भएको छ।त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा नेपालगन्ज १२ की ६० वर्षीया महिलाको शुक्रबार बिहान साढे ३ बजे र सोही अस्पतालमा शुक्रबार बिहान ६ बजे नेपालगन्ज १० की ५४ बर्षीया महिलाको मृत्यु भएको फोकल पर्सन वलीले जानकारी दिएका छन् ।
यी मृतकसंगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६९ बाहिरी जिल्लाको मृत्यु संख्या १३० पुगेको छ।
प्रतिक्रिया