बुटवल । बर्दियामा होम आइसोलेसनमा बसेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।जिल्लाको बारबर्दिया नगरपालिका-८ का ४१ वर्षीय पुरुषको मङलबार मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बर्दियाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनलाई १७ गते भाइरस संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी होमआइसोलेसनमा बसेका थिए ।
उनलाई एक्कासी च्याप्दै गएपछि राती नेपालगन्ज मेडिकल कलेज कोहलपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको श्रेष्ठले बताए ।
प्रतिक्रिया