ताजा अपडेट »

तिलोत्तमा मेयर कप फुटवल प्रतियोगिताको तयारी पूरा

बुधबार, ११ असार २०७६

असार ११,

ग्लोबल आवाज
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-१ को चप्परहट्टीमा आयोजना हुने फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । तिलोत्तमा फुटवल एकेडेमीको आयोजनामा पर्सी असार १३ गतेदेखि हुने तिलोत्तमा मेयर कप फुटवल प्रतियोगिताको तयारी पूरा भएको पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो ।

प्रतियोगिताको खेल तालिका तिलोत्तमा नगरपालिका वडा नम्वर ३ का वडा सदस्य तथा एकेडेमीका सल्लाहकार तेज बहादुर गुरुङले सार्बजनिक गरेका थिए । असार २८ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देही, नवलपरासी र पाल्पाका उत्कृष्ट १६ टिमकोको सहभागिता रहने एकेडेमीका अध्यक्ष तिलक नेपालीले जानकारी गराए ।

प्रतियोगिताको बिजेताले एक लाख ११ हजार रुपैया नगद सहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैया नगद र मेडल प्राप्त गर्ने अध्यक्ष नेपालीले बताए । प्रतियोगितामा जिल्ला बाहीरका टीमलाई प्रति टीम २ हजार रुपैया यातायात खर्च र प्रत्येक पटक जित्ने टीमलाई २ हजार रुपैया प्रोत्साहन रकम दिइने पनि एकेडेमीका महासचिव युवराज पराजुलीले जानकारी दिए ।

त्यस्तै प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ठ खेलाडीलाई बिशेष पुरस्कार र उत्कृष्ठ रिपोटिङ गर्ने पत्रकारलाई ५ हजार रुपैया सहित सम्मान गरीने पराजुलीले बताए । साढे १२ लाख रुपैया खर्च हुने अनुमान गरीएको प्रतियोगिताको संरक्षकमा तिलोत्तमा नगरपालिका रहेको छ ।

उत्कृष्ट खेलाडी र पत्रकारलाई तिलोत्तमाको योगिकुटी स्थित गुड टाइम फेमेली रेष्टुरेण्टले सौजन्य गर्ने छ । प्रतियोगिताको पर्सी नगरप्रमुख बासुदेव घिमिरेले उदघाटन गर्ने कार्यक्रम रहेको छ । खेल हेर्न ५० रुपैया टिकट शुल्क राखिएपनि महिला, बालबालिका, जेष्ठ नागरीक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क प्रबेशको व्यवस्था गरीने छ । यसै वर्ष मात्रै स्थापना भएको एकेडेमिले अब प्रत्येक वर्ष तिलोत्तमा मेयर कप फुटवल प्रतियोगिता सहित बिभिन्न प्रतियोगिताको आयोजना गर्ने बताएको छ ।