ताजा अपडेट »

दिल्लीमा कोरोनाले एकैदिन ४१२ जनाको मृत्यु

आइतबार, १९ बैशाख २०७८

बुटवल । भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ४१२ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीमा कोरोनाको कहरले भयानक रूप लिएको छ । दिल्लीमा कोरोनाले मर्नेको कूल संख्या १६ हजार ५५९ पुगेको छ ।

दिल्लीमा कोरोना संक्रमण दर ३१.६१ प्रतिशत भएको छ भने सक्रिय संक्रमितको संख्या ९६ हजार ७४७ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पछिल्ला १५ दिनमा नयाँदिल्लीमा कोरोनाले महामारी फैलाएको छ । दिल्लीमा १–१५ अप्रिलसम्म कोरोनाले ६२५ जनाको मृत्यु भएकोमा १६–३० अप्रिलसम्म कोरोनाले ४ हजार ४८६ जनाको मृत्यु भएको छ । अप्रिल महिनामा दिल्लीमा ५ हजार १११ संक्रमितको मृत्यु भएको छ ।