ताजा अपडेट »

रुपन्देहीमा चट्याङ्ग : तीन जनाको मृत्यु , तीन जना घाइते

मंगलबार, १० असार २०७६

असार १०,
ग्लोबल आवाज
बुटवल । चट्याङ लागेर रुपन्देहीमा आज तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । साँझ परेको चट्याङबाट उनीहरुको मृत्यु र घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका–७ का ६२ वर्षीय चन्द्र बहादुर बि.क. छन् ।

चट्याङ लागेर गम्भिर घाइते भएका एक जनाको मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुईजनाको बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । त्यस्तै चट्याङ लागेर घाइते भएका सियारी गाउँपालिका वडा नम्वर २ की १४ बर्षिय ममता साहनीको क्रिमशन अस्पतालमा,सियारी गाउँपालिका वडा नम्वर ७ का ११ वर्षिय गौतम मल्लाह र १५ बर्षिय भोला मल्लाहको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।