ताजा अपडेट »

नेपालका सवारी ठप्प, भारतीय सवारीलाई प्रहरीको सुरक्षा

मंगलबार, १० असार २०७६

असार १०,
बुटवल । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दका कारण आज सोमबार बुटवल लगायत यस क्षेत्रका सडक सुनसान देखियो ।

सुरक्षा चुनौतिका कारण सार्वजनीक सवारीका साधन नचल्दा सुनसान बनेको सडकमा भारतीय नम्बर प्लेट भएका सवारीलाई भने नेपाल प्रहरीले कडा सुरक्षा दिँदै सडकमा गुडाएको देखियो ।

बुटवल पाल्पा सडकमा भारतीय नम्बर प्लेटका सवारीलाई नेपाल प्रहरीले स्कटीङ गर्दै

बन्दको प्रभाव देशका विभिन्न शहर तथा गाउँहरुमा आंशिक तथा पूर्ण रुपमा प्रभाव परेको छ । रुपन्देहीको बुटवल, भैरहवा, देवदह, सैनामैना लगायतका बजार क्षेत्रमा प्रभाव देखिएको छ । बन्दका कारण शिक्षण संस्था, उद्योग कलकारखाना तथा बजार समेत बन्द भएका छन् । नीजि तथा सरकारी विद्यालय समेत बन्द छ ।


सरकारी कार्यालयहरु खुला भएपनि सेवाग्राहीको उपस्थिति देखिएको छैन । सडकमा फाटफुट रुपमा नीजी सवारीका साधन चलेपनि सार्वजनीक सवारीका साधन भने चलेको छैन ।

भारतीय नम्बर प्लेटका सवारी
भारतीय नम्बर प्लेटका सवारी