असार १०,
ग्लोबल आवाज
बुटवल । बिप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशका विभिन्न ठाउँमा आंशिक तथा पूर्ण रुपमा परेको छ । बुटवल, भैरहवा सहित आसपासका क्षेत्रमा बिहानैदेखि प्रभाव देखिएको छ ।
बन्दकर्ताहरु सडकमा नदेखिए पनि सार्वजनीक सवारीका साधन तथा शैक्षिक संस्था समेत बन्द गरिएको छ । सरकारी कार्यालयहरु खुला गरीएपनि सेवाग्राहीको उपस्थिति देखिएको छैन । फाटफुट रुपमा निजी दुईपाङग्रे गाडी र अटो तथा इरिक्सा मात्रै सडकमा चलेका छन् ।
सर्लाहीमा आफ्नो पार्टीका जिल्ला जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको बिरोधमा बिप्लव नेतृत्वको पार्टीले आज नेपाल बन्दको आब्हान गरेको हो ।
सर्लाहीको लालबन्दीमा दोहोरो गोली हानाहानमा पौडेलको मृत्यु भएको प्रहरीले बताउँदै आएको छ भने बिप्लवको पार्टीले पार्टीका अन्य कार्यकर्ताहरुसँग बसेर छलफल गरिरहेका बखत प्रहरीले अचानक गोली प्रहार गरेको बताउँदै आएको छ ।
प्रतिक्रिया