असार १०,
बुटवल । तिलोत्तमा फुटवल एकेडेमीको आयोजनामा यही असार १३ गतेदेखि तिलोत्तमा मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । तिलोत्तमामा पहिलो पटक हुन लागेको मयेर कप फुटवल वडा नम्वर १ चप्परहट्टी स्थित खेल मैदानमा हुने छ । असार २८ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देही नवलपरासी कपिलवस्तु र पाल्पाका उत्कृष्ट १६ टिमकोको सहभागिता रहने एकेडेमीका अध्यक्ष तिलक नेपालीले जानकारी दिनु भएको छ ।
प्रतियोगिताका सम्वन्धमा जानकारी दिन एकेडेमीले भोली ड्राइभरटोल स्थित होटल टुलिपमा पत्रकार सम्मेलन राखिएको छ । प्रतियोगिताको संरक्षकमा तिलोत्तमा नगरपालिका रहेको छ ।
प्रतिक्रिया