ताजा अपडेट »

निषेधाज्ञाको पहिलो दिन भैरहवा (फोटो फिचर)

विहीबार, १६ बैशाख २०७८

भैरहवा । रुपन्देहीमा कोरोना संक्रमण बढदै गएपछि जिल्ला प्रशासन कार्यालयले रुपन्देहीमा निषेधाज्ञा जारी गरेको छ । बैशाख १६ गते बिहान ६ बजे देखी बैशाख ३० गते बिहान ६ बजे सम्मको लागी रुपन्देहीमा निषेद्याज्ञा भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले जनाएका छन ।

निषेधाज्ञाको पहिलो दिन भैरहवा पूर्ण रुपमा ठप्प रहेको छ । छोटो तथा लामो दुरीका सवारी चलेका छैनन् भने पसलहरु पनि पूर्ण रुपमा बन्द रहेका छन् । मालवाहक तथा अत्यावश्यक सवारी साधनहरु भने सञ्चालनमा रहेका छन् । निशेद्याज्ञा तोडेर बाहिर आएका केही मोटरसाईकल, निजि सवारी एवम अन्य मालवाहक गाडीहरुलाई प्रहरीले भैरहवाको बुद्धचोकमा रोकेर राखेको छ ।

जिल्लाका सुरक्षा निकायका प्रमुखहरु आफै फिल्डमा खटेको कारण पनि निशेद्याज्ञा लागु हुन सकज भएको छ । निषेद्याज्ञालाई बाध्यात्मक तरिकाले लैजाने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताएका थिए । उनले गत बर्ष चैत्र ११ गते जुन रुपमा बन्दाबन्दी भएको थियो रुपन्देहीमा पनि त्यस्तै प्रकृतिको बन्दाबन्दी गर्ने दावी गरेका छन् ।

निशेद्याज्ञामा शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, ब्यवसाय र सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले जानकारी दिए । यस्तै जिल्ला भित्र सबै प्रकारका निजि तथा सार्वजनिक यात्रुवाहक सवारी साधन सञ्चालन गर्न निषेध गरिएको छ । कुनै पनि भेला, भिडभाड जम्मा हुन, मानिसहरु भेला, जात्रा सञ्चालन गर्न, महोत्सव वा सभा जुलुस गर्न पनि निषेध गरिएको छ ।

सबै प्रकारका सभा, पार्टी प्यालेस, सिनेमा हल, सेमिनार, तालीम, गोष्ठि, सम्मेलन, सैलुन, मनोरञ्जन स्थल, डिपार्टमेन्टर स्टोर, सपिङ्ग मल, ब्यूटिपार्लर र स्विमिङ्ग पुल, स्पा, संग्रहालाय, पुस्तकालाय, समूहमा खेल्ने खेलकुद, जिमखाना आदि सञ्चालन गर्न पनि रोक लगाईएको छ । त्यस्तै पराम्परागत रुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, साँस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघटमा पनि प्रशासनले रोक लगाएको छ । शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, भाषा कक्षा, ट्युसन सेन्टर लगायतका जमघट हुने गतिविधिहरु सञ्चालन गर्न तथा होटल, रेष्टुरेन्ट सञ्चालन गर्न रोक लगाईएको छ । बैंक तथा बित्तिय संस्था तथा अतिआवश्यक सेवा प्रवाह गर्ने सरकारी कार्यालय भने खुलेका छन् ।

अति आवश्यकिय सामाग्रीहरु खाद्यान्न, ग्याँस, तरकारी, फलफुल र दुध लगायत दैनिक उपभोग्य वस्तुहरुको सहज आपूर्तिको लागी उद्योग बाणिज्य संघ र ब्यपार संगठनले ब्यवस्था मिलाउने र यस्ता वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरुलाई कार्यवाही गरिने भएको छ ।

यसको साथै सिमालाई अझै ब्यवस्थापन गरि अत्यावश्यक अवश्थामा नेपाल आउनु पर्ने नेपालीहरुको लागी मात्र बेलहिया नाकाबाट प्रवेश अनुमति दिईने जनाइएको छ । यसरी आउने नेपालीले बेलहियामै सञ्चालनमा रहेको होल्डिङ्ग सेन्टरमा तापक्रम मापन सहित अभिलेखिकरण गर्ने, एन्टिजेन परिक्षण गर्ने र नकारात्मक रिपोर्ट आएका नेपालीलाई स्थानिय तहमा क्वारेन्टाईन वा आईसोलेसन सम्म पुर्याउने ब्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी तामाङ्गले बताए ।

बढ्दो कोरोनाको महामारीलाई ध्यानमा राख्दै जिल्लामा रहेका ८३ वटै एम्बुलेन्सलाई कोभिड मैत्री बनाई सञ्चालनमा ल्याउने डिसिसिएमसीले तयारी गरेको छ ।

https://www.globalaawaj.com/archives/103088