बुटवल । सरकारले ५ सय भन्दा धेरै सक्रिय संक्रमित भएकाे जिल्लामा लकडाउन तथा निषेधाज्ञा लगाउने निर्णय गरेअनुरूप रूपन्देहीमा पनि बिहीबार बिहान ६ बजेदेखि नै निषेधाज्ञा शुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय रूपन्देहीले विज्ञप्ति जारी गर्दै कडाइका साथ लागूगर्ने बताएको छ । साेहि अनुरूप चाेकचाेकमा नेपाल प्रहरी तथा नगर प्रहरीले चेकजाँच गरिरहेको छ ।
बुटवलमा रहेको बसपार्क भित्र सुनसान छ भने बाहिर घर जानको लागि गाडी पाईन्छकि भनेर कुर्नेकाे भिड पनि देख्न सकिन्छ ।
सार्वजनिक यातायातका केही साधनहरु पनि सडकमा देखिएका छन् भने निजी सवारी साधन पनि बजारमा राम्रै देखिएका छन् ।
सुरक्षा चुनाैतिका बिचमा गरिएका चेकजाँचमा आवतजावत पास नभएका ब्यक्तिलाई होल्डिङ गरेर राखिएको छ ।
प्रतिक्रिया