काठमाडौं। नेपालमा कोरोनाभाइरसका चार हजार ७७४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १३ हजार ८७९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ७७४ मा सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनको क्रममा चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख १२ हजार ६९९ पुगेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७७३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । सङ्क्रमित बढ्दै जाँदा र निको हुने कम हुँदा सङ्क्रमित निको हुने दर ८९.३ प्रतिशतमा झरेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ९५५ जनाको एन्टीजेन परीषण गरिएको छ । जसमध्ये १२३ मा पोजिटिभ पाइएको छ । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा एक हजार ४६४ जना सङ्क्रमित पहिचान गरिएको छ । मन्त्रालयले हाल ३१७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा रहेको जनाएको छ । हाल ५४ जना क्वारेन्टिनमा र ३० हजार २०९ जना आइसोलेशनमा छन् ।
प्रतिक्रिया