ताजा अपडेट »

‘बैंक र वित्तीय संस्थाले सही ठाउँमा लगानी गर्नुपर्छ’

सोमबार, ०९ असार २०७६

असार ९,

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंक तथा वित्तीय संस्थालाई सही ठाउँमा लगानी गर्न आग्रह गरेका छन् ।आइबीएन मिडिया एण्ड रिसर्च सेन्टरले सोमबार आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा गभर्नर नेपालले यस्तो बताएका हुन् । बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य पुँजीलाई एकिकृत गरेर सही ठाउँमा लगानी गर्नुपर्ने गभर्नर नेपालको भनाइ थियो ।

समाज र राष्ट्रप्रति जिम्मेवार नभएकै कारण राष्ट्र बैंकले समय–समयमा कठोर कदम चाल्नु परेको राष्ट्र बैंकका गभर्नर नेपालले बताए । आगामी मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको बाध्यात्मक मर्ज गरिने समेत उनले बताएका छन् ।राष्ट्र बैंकले सुक्ष्म रुपमा बजारको वस्तुस्थिति अध्ययन गरेरै नीति निर्देशन जारी गर्ने भएकाले शंका नगर्न उनले आग्रह गरे ।