काठमाडौँ । भारतको ठाणेस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ। ठाणे नगर निगमका अनुसार विहान ३ बजेर ४० मिनेटमा शहरको प्राइम क्रिटीकेयर अस्पतालमा आगो लागेको हो।
एजेन्सी पीटीआईका अनुसार अस्पतालबाट २० बिरामीलाई सुरक्षित निकालिएको थियो जसमा ६ जना आइसीयूमा थिए। अधिकारीका अनुसार अस्पतालमा कोरोनाका बिरामी भने भर्ना भएका थिएनन्। मृतकका परिवारलाई पाँच/पाँच लाख तथा घाइतेका लागि एक/एक लाख रुपैयाँ दिइने स्थानीय विधायन तथा मन्त्री जिन्द अव्हादले बताएको छन् ।-एजेन्सी
प्रतिक्रिया