काठमाडौँ। अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ ९आईटीयूसी० ले कोरोना महामारीका कारण सन् २०२१ मा विश्वमा थप एक करोड ३० लाखको रोजगारी गुुम्ने प्रक्षेपण गरेको छ । सो अवधिमा स्वदेश र विदेश गरेर सातरआठ लाख नेपालीको प्रत्यक्ष रोजगारी गुुम्ने अवस्था आउने प्रक्षेपण गरेको छ । अघिल्लो वर्ष रोजगारी गुमाएका अझै आधाले रोजगारी नपाएको अवस्थामा पछिल्लो पटक थपिएको कोरोनाले थप त्यो सङ्ख्याका बेरोजगार थपिने प्रक्षेपण गरिएकाले रोजगारीको सुरक्षाका लागि सम्बन्धित देशका टे«ड युुनियनमार्फत आग्रह गरेको हो ।
त्यसो त आईटीयूसीले कोभिड–१९ का कारण सन् २०२० मा विश्वमा झण्डै दुुई करोड ५० लाख रोजगारी गुमेकोमा नेपालमा त्यस अवधिमा १० लाखले रोजगारी गुमाउने प्रक्षेपण गरेको थियो ।आईटीयूसीले सूचनामार्फत कोभिडपछि सङ्कटसँग जुध्न रोजगारी सिर्जनालाई प्राथमिकता दिन विश्वलाई र विशेषगरी श्रमिक निर्यात गर्ने देशका सरकारलाई सबै क्षेत्रमा रहेका आधिकारिक ट्रेड युनियनमार्फत आग्रह गरेको छ । साथै आईटीयूसीले गुणस्तरीय रोजगारी सिर्जना गर्न, तालिम र शिक्षामा लगानी गर्न तथा अनौपचारिक क्षेत्रको रोजगारीलाई औपचारिक बनाउन माग गरेको छ ।
नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुुष्कर आचार्यले ट्रेड युनियन काँग्रेस २५ वर्षदेखि आईटीयूसीसँग आबद्ध रहेकाले यस विषयमा छलफल भइरहेको जानकारी दिए । उनले यस विषयमा विभिन्न सरोकारवाला ट्रेड युनियनहरूसँग छलफल गरी संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराउने काम पनि गराइरहेको जानकारी दिए ।आईटीयूसी विश्वका विभिन्न मुलुकमा क्रियाशील ट्रेड युनियन महासङ्घको छाता संस्था हो । यसले विश्वभरका श्रमिकको अधिकार स्थापित गर्न दबाबकारी अभियान सञ्चालन गर्ने, नीतिगत सुधारका लागि पहल, पैरवी गर्दै आएको छ ।
प्रतिक्रिया