काठमाडौँ । चिनियाँ मूलकी क्लोइ जाओले निर्माण, निर्दशन, लेखन एवं सम्पादन गरेको चलचित्र ‘नोमाडल्याण्ड’ले फिल्म ‘नोम्याडल्यान्ड’ बाट ओस्करमा उत्कृष्ट निर्देशकको अवार्ड जितेकी छिन्। योसँगै ओस्करको ९३ वर्षे इतिहासमा उनी अवार्ड जित्ने दोस्रो महिला निर्देशक बनेकी छन्। तर उनी अस्कर जित्ने पहिलो एसियाली महिला हुन्। यो अवार्डमा मनोनयनमा परेका कलाकार र आमन्त्रित पाहुनाबाहेक अवार्ड प्रदानकर्ताको सुन्दरता अलग अलग देखियो ।
आजतकमा प्रकाशित समाचारअनुसार यसपटकको अवार्ड समारोहमा ‘स्पाइडर–मेन’ अभिनेत्री जेण्डायाको लुक्सले सबैको ध्यान तान्यो । चीनमा जन्मिएकी, बेलायतमा पढेकी र अमेरिकामा बस्दै आएकी चाओले निर्देशन गरेको ‘नोम्याडल्यान्ड’ तेस्रो फिचर फिल्म हो। यसले ओस्करमा उत्कृष्ट फिल्मको अवार्डसमेत जित्न सफल भयो। यही फिल्मबाट अभिनेत्री फ्रान्सेस म्याकडोरमेन्डले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन्। ओस्करमा ११ वर्षपछि महिला निर्देशकको फिल्मले अवार्ड उचालेको हो। पात्र केन्द्रित कथा र गैरव्यावसायिक कलाकार चाओका फिल्मका विशेषता हुन्। उनकै निर्देशनमा अर्को सुपरहिरो फिल्म ‘इटर्नल्स’ पनि रिलिजको तयारीमा छ। ‘हर्टलकर’ फिल्मबाट निर्देशकको अवार्ड उचाल्ने पहिलो महिला हुन् क्याथरिन बिगेलो।
कोरोनाका कारण ओस्कर २०२१ निर्धारित समयभन्दा दुई महिनापछि धकेलिएको हो । कोरोना त्रासकाबीच भएको ओस्कर समारोह भौतिक उपस्थितिमा सम्पन्न भएको छ । संक्रमण र स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यस पटकको ओस्करमा सीमित फोटोग्राफर, पत्रकार र पाहुनाहरूको उपस्थितिमा विश्वका विभिन्न स्थानमा एकैपटक आयोजना भएको थियो । समारोहमा कति मनोनित र विजेताहरू स्वयंम लस एन्जलसकै स्टुडियोमा उपस्थित भए, कति लण्डनस्थित लोकेसनमा त कति पेरिस, सिड्नीबाट स्याटलाइटमार्फत उपस्थिति जनाएका थिए ।
जाओले ओस्कार जितेपछि
जाओले ओस्कार जितेपछि सामाजिक सञ्जालमा मात्रै होइन । जाओ जन्मेको शहर बेइजिङमा पनि उनको सफलतालाई लिएर मानिसहरु निकै खुशी देखिन्थे । ‘उनी(जाओ) चिनियाँ जनताको गौरव हुन्’, महिला इन्जिनियर यान यिङले भनिन्, ‘चिनियाँहरुले ओस्कार अवार्ड विरलै पाउने गर्छन् ।’ त्यस्तै ३८ वर्षीय युआन मिङले भने, ‘मेरो विचारमा चिनियाँ फिल्मलाई झन् राम्रो हुन्छ र उनी चीनका चलचित्र निर्देशकका लागि राम्रो उदारहण बन्न सक्छिन् ।’
चिनियाँ मिडियाले यसअघि मार्चमा आयोजित गोल्डेन ग्लोब्स अवार्डमा नोमाडल्याण्डले प्राप्त गरेको सफलताबारे निकै चर्चा र प्रशंसा गरेका थिए । तर आठ वर्षअघि चीनप्रति गरेको आलोचना सामाजिक सञ्जालमा फैलिन थालेपछि जाओ चिनियाँ राष्ट्रवादी आक्रोशको तारो बन्न पुगिन । त्यसपछि निर्धारित मितिमा ‘नोमाडल्याण्ड’ रिलिज हुन सकेन् । रिलिज अनिश्चित हुँदै गएपछि चलचित्र उद्योगले चीनमा खेपिरहेको कठिनाइलाई प्रस्ट पार्छ । -एजेन्सी
प्रतिक्रिया