ताजा अपडेट »

तीन हजार ४४२ सङ्क्रमित, ३७८ कोरोनामुक्त, १९ को मृत्यु

सोमबार, १३ बैशाख २०७८

काठमाडौं। नेपालमा कोरोनाभाइरसका तीन हजार ४४२ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १२ हजार ४०० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४२ जनामा भाइरसको सङ्क्रमणको पुष्टि भएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालका कोरोनाका कुल सङ्क्रमितको संख्या तीन लाख तीन हजार ५६१ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ८९३ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ११४ जनामा पोजिटिभ पाइएको छ ।

मन्त्रालयका अनुसार चौबीस घण्टामा ३७८ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७७ हजार ९५१ जना निको भइसकेका छन् । हाल निको हुने दर ९१.५ प्रतिशत पुगेको छ ।मन्त्रालयले पछिल्लो चौबीस घण्टाभित्रमा सात जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ । सोही अबधिमा १२ जना थप सङ्क्रमितको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेको छ । हालसम्म कोरोना सङ्क्रमणले तीन हजार १७६ जनाको मृत्यु भइसकेको छ । हाल ६५ जना क्वारेन्टिनमा र २२ हजार ४३४ जना आइसोलेशनमा छन् ।