रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना वडा न.६ कलौनीमा गयराति महेन्द्रनगरबाट काठमान्डौ तर्फ जादैँ गरेको ना ७ ख ५९४८ नम्बरको बसले विपरित दिशाबाट आइरहेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक र सवार एक जनाको मृत्यू भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविनराज मैनालीले जानकारी दिए ।
बसले ठक्कर दिंदा आगो लाग्नगई मोटर साइकिलमा सवार दुबै युवाको शरीर जलेको हुँदा पहिचान गर्न गाह्रो भएको प्रहरीले जनाएको छ । मृतक दुवै जनालाई पोष्टमार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ । ठक्कर दिने बस सहित चालक सालझण्डी प्रहरीको नियन्त्रणमा रहेका छन् । घटना सम्बन्धी थप अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया