ताजा अपडेट »

नवलपरासीमा कोरोना संक्रमित एकको मृत्यु, शैक्षिक संस्था बन्द गर्न निर्देशन

आइतबार, १२ बैशाख २०७८

नवलपरासी । कोरोना संक्रमणबाट पश्चिम नवपरासीमा थप एकजनाको मृत्यृ भएको छ । मृत्यृ हुनेमा रामग्राम नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय वृद्ध रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

रामग्राम नगपालिका–३ मा यस अघि एक महिलाको हप्ता अघि मृत्यृ भएको थियो । नेपालमा पनि कोभिडको नयाँ भेरियन्ट देखा परेपछि जिल्लामा दुई जनाको मृत्यृ भएको छ । अहिलेसम्म पश्चिम नवलपरासीमा ३६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यसैविच पश्चिम नवलपरासीमा आइतबार एकैदिन थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको १९ जना पुरुष र १४ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । आइतबार रामग्राम नगरपालिकामा १८, सुनवल नगरपालिकामा ७, बर्दघाट नगरपालिकामा ५, सरावल गाउँपालिकामा २ र पाल्हीनन्दन गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ । आज थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार ५६९ पुगेको छ । जिल्लामा एक सय ११ जना संक्रिय संक्रमित आइसोलशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्ला प्रसाशन कार्यालयले संक्रमणको जोखीम नियन्त्रका तथा रोकथामका लागि सतर्क रहन र भिडभाड, हाटबजार, नलगाउन र सामाजिक दुरी कायम गर्न अपिल गरेको छ ।

जिल्लाका सबै शैक्षिक संस्था बन्द
याँ भेरियन्टसहित कोभिड-१९ महामारीको जोखिम लाई मध्यनजर गर्दै पश्चिम नवलपरासीका सबै विद्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन गरेको छ । आज बसेको जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले वैशाख १३ गतेदेखि नै अर्को निर्णय नभए सम्मको लागि जिल्लाका सबै निजी तथा सरकारी विद्यालयको पठनपाठन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले दैनिक २४ खबरलाई जानकारी दिए ।

यसैगरी पूर्व निर्धारित परीक्षाहरु स्वास्थ्य मापदण्ड पूरा गरि वैशाख २२ गते भित्र सम्पन्न गर्न पनि निर्देशन गरिएको छ। विद्यालयको होस्टेल पनि बन्द गर्नुपर्ने छ । बैठकले अत्यावश्यक सेवा बाहेकका पसल व्यवसाय बिहान सात बजेदेखि दिउँसो एक बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको छ । सीमानाकामा आवतजावतमा कडाइ गर्दै जोर विजोर प्रणालीमा यातायात सञ्चालन तथा सबै क्षेत्रमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ ।