ताजा अपडेट »

नमस्ते नेपालद्वारा स्वम्सेवक प्रशिक्षण

शनिबार, ०७ असार २०७६

असार ७,
ग्लोबल आवाज
बुटवल । सामाजिक क्षेत्रमा सकारात्मक परिवर्तन र सेवामूलक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको युवाहरुको संस्था नमस्ते नेपालले शनिबार स्वयम्सेवक प्रशिक्षण कार्यक्रम गरेको छ ।

‘बढ्दो दुर्घटना न्यूनिकरणको लागि हाम्रो प्रयास’ भन्ने नारासहित सम्पन्न स्वम्सेवक प्रशिक्षण तथा परिचालन कार्यक्रममा ५० जना स्वयम्सेवकको सहभागिता रहेको संस्थाका अध्यक्ष अर्जुन खरेलले बताए । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित सो कार्यक्रममा वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक हेम के.सी.ले सहभागिलाई प्रशिक्षण गरेका थिए । प्रशिक्षक के.सी.ले दुर्घटना न्यूनिकरणमा युवाहरुको भूमिका महत्वपूर्ण रहने बताउँदै सिकेको कुरा व्यवहारमा लागू गर्न प्रशिक्षार्थीलाई आग्रह गरे ।

प्रशिक्षण पश्चात स्वयम्सेवकहरुले तिलोत्तमाको गीकुटी, ड्राइभरटोल र शंकरनगर चोकमा जथाभावी बाटो काट्ने, जथाभावी गाडी रोक्ने, द्रुत गतिमा गाडी चलाउनेलाई सम्झाउने जेब्रा क्रसिङ्गबाट बाटो काट्न लगाउने, बस स्टेशनमा गाडी रोक्न लगाउने र गति कम गर्न लगाउने जस्ता गतिविधिमा जोड दिएका थिए । संघका अध्यक्ष अर्जुन खरेलको अध्यक्षता, तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यता र संस्थाका सदस्य निराजन खरेलको सञ्चालनमा भएको थियो ।