असार ६,
ग्लोबल आवाज
बुटवल । नेपाल भारत मानव विकास एवम् मैत्री संघ प्रदेश नं ५को आयोजनामा रुपन्देहीको बुटवलमा प्रयोगात्मक योग शिविर सम्पन्न भएको छ । ५औ विश्व योगा दिवशको अवसरमा आयोजित शिविरमा २ सय ५० जना भन्दा वढिको सहभागिता रहेको थियो ।शिविरमा योगगुरु सोमराज महाराजले प्रशिक्षण दिँदै योगाको महत्वको विषयमा प्रकाश पारेका थिए । कार्यक्रममा जिल्ला समन्वय रुपनदेहीका प्रमुख एकराज विश्वकर्माले दैनिक योगाले मानिसको स्वास्थ्यमा सहयोग पुगने बताए ।
बुटवल उपमहानगरपालिकाकी उपमेयर गोमादेवी आचार्यले दैनिक योगा र खानपान मा ध्यान दिएमा मानिसलाई दिर्घ रोगबाट बच्न सकिने बताइन् । प्रदेश शिक्षा विकास तथा निर्देशनालयका निर्देशक मनोज गैरेले योगाको विषयमा आधारभूत तहको पाठ्यक्रममा नै समेट्नु पर्ने बताए । संघका प्रदेश संयोजक टेकवहादुर थापा, सचिव बावुराम बञ्जाडेले योगा र योगा दिवशको महत्वको विषयमा चर्चा गर्दै योगालाई नियमित बनाउनु पर्नेमा जोड दिए ।
प्रतिक्रिया