ताजा अपडेट »

सौर्य उर्जाको क्षेत्रमा प्रदेश ५ निजी क्षेत्रसँग साझेदार बन्न ईच्छुक

शुक्रबार, ०६ असार २०७६

असार ६,
बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले सौर्य उर्जाको क्षेत्रमा प्रदेश सरकार निजी क्षेत्रसँग साझेदार बन्न ईच्छुक रहेको बताएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले बजारको अध्ययान गरेर मात्र पुर्वधार एवम् उद्योगमा लगानी गर्न उद्योगीहरुलाई आग्रह गरेका छन् ।


नेपाल उद्योग परिसंघले रुपन्देहीको बुटवलमा गरेको अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पोखरेलले पुर्वाधार बिकासमा प्रदेश सरकार अत्यन्त संबेदनशिल रहेको बताए । प्रदेश सरकारले ५ नम्बर प्रदेश भित्रबाट ३ सय मेगावार्ड सौर्य उर्जा उत्पादन गर्ने लक्ष लिएको बताउंदै उनले सौर्य उर्जा उत्पादनमा निजी क्षेत्रसँग मिलेरजान प्रदेश सरकार ईच्छुक रहेको बताए । उनले संवृद्धिको मुल आधार कृषि बन्न सक्ने उल्लेख गर्दै बर्षाको ३ महिना भारतीय तराई भुमि डुबिरहँदा नेपाली कृषकहरुले भारतमा कृषि उपज निर्यात गर्न सके सजिलै संवृद्धिको लक्ष्य हासिल गर्न सकिने बताए । भारतीय ब्यवसायीहरुसँग मिलेर कृषि उपज निर्यात गर्न सकिने मुख्यमन्त्रीको सुझाव छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डाक्टर शंकर शर्माले हाउजिङ क्षेत्रमा निजी क्षेत्रको लगानी हुन सके बिकासले छिटो गति लिने बिश्वास ब्यक्त गरे ।
कार्यक्रममा सहभागि वक्ताहरुले पुर्वाधारको विकासनगरि सञ्चालन हुने विकास निर्माणका कामहरु सफल हुन नसक्ने बताउँदै राज्यले पुर्वाधार विकासमा ध्यान दिन सुझाव दिएका थिए ।