माघ ८,
बुटवल । भ्रष्टाचारलाई मुुख्य विषयबस्तुु बनाई निर्माण गरिएको नेपाली चलचित्र सय कडा दश को टिम यतिबेला प्रमोशनमा रहेको छ । यसै क्रममा चलचित्रका निर्माता,नायक र नायिका मंगलबार बुटवल आए । बुटवल स्थित द्वारिका उदय भवनमा पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले चलचित्र बारे जानकारी गराए । चलचित्रकी निर्मात्री रज्जु प्रधान र निर्माता तथा कलाकार राजाराम पौडेल ,नायक उत्सव न्यौपाने , नायिका करुणा श्रेष्ठ लगाएतको टोलीले बुटवलका पत्रकारसँग भेटघाट गरेका थिए ।
चलचित्र पत्रकार संघ, रुपन्देहीका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै निर्माता तथा कलाकार राजाराम पौडेलले मुख्यतया नेपालमा विद्यमान भष्ट्राचारलाई उजागर गर्दै न्यूनिकरणका लागि युवाहरुलाई प्रोत्साहन गर्नका लागि चलचित्र निर्माण गरेको बताउँदै सबै उमेर समूह,वर्ग, पेशाकर्मीले एकपटक अनिवार्य हेर्न अनुरोध गरे ।
माघ १८ गतेबाट प्रदर्शन हुने चलचित्र १०० कडा १० का नायक उत्सव न्यौपानेले युवा जमातले देशमा भइरहेको नकारात्मक कार्य रोक्न चलचित्रले भूमिका खेल्ने बताए । चलचित्रकी नायिका करुणा श्रेष्ठले चलचित्रमा विषय रभूमिकाअनुसार सक्दो प्रयास गरेको बताउँदै हेरेर प्रतिक्रिया दिन आग्रह गरिन् । चलचित्रको गित ‘दाईलाई कुरा लाइदिने सातो खाइदिने…’ यूूट्यूूबमा चर्चित भइसकेको छ । रामशरण भट्टराईको निर्देशन रहेको चलचित्रमा मनोज गजुरेल, अमृत ढुंगाना, सोनिया राई लगायत पनि मुख्य भूमिकामा रहेका छन् । कार्यक्रमको सञ्चालन संघका सचिव मोहन न्यौपानेले गरेका थिए ।
प्रतिक्रिया