ताजा अपडेट »

लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यता

शनिबार, ११ बैशाख २०७८

हामी लोकतन्त्र दिवस मनाइरहेका छौं । १९ दिने आन्दोलन पस्चा् राजा ज्ञानेन्द्रको प्रत्क्षय शासन २४० वर्ष राजतन्त्राक शासनको अन्तय भएको दिनको सम्झनामा बैसाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।

लोकतन्त्र
लोकतन्त्रको शाब्दिक अर्थ मान्छेको शासन हो संस्कृतमा लोक भनेको जनता र तन्त्र भनेको शासन भन्ने हुन्छ । यसरी लोकतन्त्र भन्नाले जनताको शासन भन्न सकिन्छ । अतः लोकतन्त्र भन्नाले नागरिकहरुले आफ्नो शासन आँफै गर्ने पद्धती हो । लोकतन्त्र स्थपनाका लागि नगरिकका स्वतन्त्रतालाई आधारभूत र मुख्य कुराका रुपमा लिइन्छ । लोकतन्त्र स्थपना मात्र पर्याप्त कुरा नभई आजको समयमा शासन व्यवस्थालाई लोकतान्त्रिकरण गर्नु (Democratization) महत्वपूर्ण हो ।

लोकतन्त्र (Democracy) का आधारमा मुख्य कुरालाई यसरी व्यख्या गर्न सकिन्छ ।
-नागरीकहरुले आफुले छानेको प्रतिनिधिमार्फत शासित हुने अधिकार,
- बालिग मताधिकारका व्यवस्था,
-आर्थिक निर्वाचन,
-राजनीतिक दलको अस्तित्व र प्रतिष्पर्धाकोे सरकार
-संवैधानिक निकाय मार्फत स्वतन्त्र र निष्पक्ष निर्वाचन
-बहुमतको सरकार
-संसदिय अधिकार
-अदाखादी अर्थ व्यवस्था
-कानूनको शासन
-अल्पमतको कदर
-मानव अधिकार तथा मौलिक अधिकारको व्यवस्था
-स्वतन्त्र न्यायपालिका
-अन्य व्यवस्थाहरु


यसरी लोकतन्त्रलाई सफल र संस्थागत गराउनका लागि नेपालको माध्यमवाट शासन सञ्चालन गर्ने गरी व्यवस्था गरिएको छ ।
क) संविधानको प्रस्तावना नै सार्वभौम सत्ता र राजकिय सत्ता नेपाली जनतामा निहित रहेको भन्ने व्यवस्था गरीसकेको छ ।
ख) निर्वाचन स्वच्छ र स्वतन्त्र तवरले गरमउन स्वतन्त्र संवैधानीक निकायको रुपमा निर्वाचन गराउन आयोगको व्यवस्था गरि वालीग मताधीकारको सुनिश्चितता गरिएको छ ।
ग) नागरिक स्वतन्त्रता, मौलिक अधिकार र मानव अधिकार लाई ध्यानमा राखी धारा १६ देखि ४६ सम्म व्यवस्थित रुपकम मौलिक हक स्थापना । संविधानिक उपचारको हकको समेत व्यवस्था गरिएको छ ।
घ) समावेशी लोकतन्त्रको रुपमा समावेशीकरण धर्म निरपेक्ष र समावेशी प्रजातन्त्रको आधारको स्वरुप महिला, दलित ,जनजाती,पिछडिएको वर्गको उत्थानको व्यवस्था गरीएको ।
ङ)शक्ति पृथकीकरण र सिमित सरकारको मान्यतालाई आत्मसाथ गरेको छ ।
च) विकेन्द्रिकरण को रुपमा शासनलाई सघिंय प्रदेशर स्थानीय गरी ३ तहमा विभाजन गरी स्रोत र साधनमा अपनत्व सिर्जना गरिएको छ ।
छ) संविधानमा कानूनी शासन र स्वतन्त्र न्यायपालिकालाई आत्मसाथ गरिएको छ ।
यसरी लोकतन्त्रको मूल्य–मान्यतालाई आत्मसाथ गरी देशमा शान्ति अमन–चयन विकास समृद्धि हासिल गरी खुसी नेपाली समृद्ध नेपालको उद्देश्य हासिल गर्ने लोकतन्त्रको माग एउटा अचुक अस्त्र हो । हामी सबैलाई लोकतन्त्र दिवसको शुभकामना !