ताजा अपडेट »

विश्व योग दिवस : नियमित योग गरे तनावमुक्त

शुक्रबार, ०६ असार २०७६

असार ६,
ग्लोबल आवाज
बुटवल । आजकलको व्यस्त जीवनशैलीमा मानिसहरूमा तनाव बढ्छ । प्रत्येक दिन कार्यालय समयपछि योगका केही सामान्य आसनहरू अभ्यास गरेमा पनि तनाव कम हुन्छ । योग शारीरिक र मानसिक स्वास्थ्यका लागि सहयोगी हुन्छ । प्रत्येक विहान केही समय मात्र नियमित योग गरे स्वास्थ्यसँग तनाव मुक्त भइने योगीराज बताउँछन् । योग गुरु तथा प्रशिक्षक समेत रहेका बाबा योगिराजले रुपन्देही, कपिलबस्तु, अर्घखाँचीमा नियमित रुपमा योग सम्बन्धी जानकारी प्रशिक्षण दिँदै आएका छन् ।

अन्तर्रा्ष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। योगका विभिन्न आसन तथा ध्यानलगायतका कार्यक्रम गरी अन्तर्राष्ट्रिय योग दिवस मनाउन लागिएको हो। भारतको नेतृत्वमा सुरुवात गरिएको योग दिवस मनाउन अभियानलाई संयुक्त राष्ट्र संघको साधारणसभाले ११ डिसेम्बर २०१४ मा मान्यता दिएको थियो। राष्ट्र संघले मान्यता दिएसँगै २१ जुनलाई विश्वव्यापी रूपमा अन्तराष्ट्रिय योग दिवस मनाउन थालिएको हो।


योगलाई शारीरिक रुपमा स्वस्थ, मानसिक रुपमा शान्त र आध्यात्मिक चेतका साथ जिउन सिकाउने कलाको रुपमा चिनिन्छ। नेपाल लगायत विश्वभरि मानवीय जीवन शैलीमा परिवर्तन भैरहेको छ। बदलिँदो जीवनशैली, गलत खानपान, आवश्यक पोषण व्यायामको कमीले रोगको संक्रमण बढ्दो छ। मानिसको जीवन शैली अनुशासित बनाउन साथै शारीरिक र मानसिक रुपमा चुस्त राख्न योगाले मद्दत गर्दछ।