ताजा अपडेट »

स्वास्थ्यका मापदण्ड पालना गर्न रुपन्देही व्यापार संघको अपील

विहीबार, ०९ बैशाख २०७८


बुटवल । रुपन्देही व्यापार संघले हाल कोरोना भाइरस(कोभिड–१९) को दास्रो लहर देखापरेको अवस्थामा सचेत बनी संक्रमणबाट सुरक्षित रहन र सर्तकता अपनाउन सबै व्यवसायी तथा सम्पूर्ण सर्वसाधारण नागरिकहरुमा अपिल गरेको छ । संघका अध्यक्ष यमलाल लोहनी र महासचिव दयानिधी भण्डारीले विहीवार विज्ञप्ति जारी गर्दै पहिलो चरणको कोरोना संक्रमणभन्दा दोस्रो चरणको संक्रमण वढी जटिल र खतरनाक रहेको स्वाश्थ्यविदहरुको भनाई आइरहेको हुँदा त्यसको नियन्त्रण र रोकथामका लागि नेपाल सरकारले गरेको सबै प्रकारका आग्रह र अनुरोधलाई पालना गर्न भनिएको छ ।

संघले विज्ञप्तिमार्फत कोरोना भाइरसबाट बच्ने सबभन्दा ठुलो उपाय व्यक्तिगत रुपमा सचेत बन्ने र चिकित्सकहरुले दिएको सुझावलाई पालना गर्दै स्वास्थ्यका सबै मापदण्ड पालना गर्नु नै रहेको जनाइएको छ । संघले छिमेकि राष्ट्र भारतमा कोरोना संक्रमणको दर निकै उच्च देखा परेको हुदा हामी बढी जोखिममा पर्न सक्ने भन्दै सिमा क्षेत्रको चेकजाच र आवतजावतमा कडाई गर्नसम्बन्धित निकायको ध्यानार्कषण गराएको छ । वज्ञप्तिमा कोरोनाका बाहानामा कृत्रिम अभाव गराएको आरोप लाग्ने गरेको हुदा त्यसतर्फ व्यवसायीहरुलाई सचेत गराउदै व्यवसाय सञ्चालनका क्रममा स्वाश्थ्य मापदण्डको पूर्ण पालना गर्न र गराउन अनुरोध संघले गरेको छ ।