काठमाडौं। नेपालमा कोरोनाभाइरसका दुई हजार ३६५ जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका हाल १२ हजार ६९० जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २५२ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ९४.५९ प्रतिशतमा झरेकाे छ । हाल ८१ जना क्वारेन्टिनमा छन् । चौबीस घण्टामा पाँचजनाकाे मृत्यु भएकाे छ । याेसँगै काेराेनाका कारण मृत्यु हुनेकाे संख्या तीनहजार ११७ पुगेकाे छ ।
प्रतिक्रिया