असार ५,
ग्लोबल आवाज
बुटवल । सैनामैना नगरपालिकाले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । नगरको विहिबार भएको ५ औं नगरसभामा नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले नगद, प्रमाणपत्र तथा दोसल्ला ओढाई सम्मान गरेका हुन् ।
कार्यक्रममा उत्कृष्ट कर दाता, नगरको उत्कृष्ट विद्यालय, शिक्षक तथा नगर कर्माचारी सम्मानित भएका छन् । नगरमा सबैभन्दा बढी कर तिर्ने उतकृष्ट करदाता सैनामैना ३ की पबित्रा थापा, सैनामैना ३ की प्रमिला भट्टराई र सैनामैना १ की दणु घर्ति सम्मानित भएका हुन् । सैनामैनाका सामुदायिक बिद्यालयका ५ जना शिक्षकहरुलाई सम्मानित गरिएको छ ।
श्री परोहा मा.बिका धन बहादुर राना, पशुपति माविकी हेमावती थापा, सैनामैना माविका हरिराम पौडेल,जनचेतना माविका केशवराज अर्याल र कालिका माविका बाबुराम बस्याललाई सम्मान गरिएको हो । पुरस्कृत गरिएका सबैलाई नगद २५ हजारले सम्मान गरिएको हो । यस्तै सैनामैना भित्रको उत्कृष्ट हुन सफल बिद्यालय रामापुर माविलाई नगद ५ लाख अनुदान सहित सम्मानित गरिएको छ ।
त्यस्तै सैनामैना नगरपालिकाका ३ जना कर्माचारीलाई नगरसभामा सम्मानित गरिएको थियो । सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी, अधिकृत सन्त कुमार चौधरी र अमिन नरेन्द्र प्रसाद वलीलाई नगद २५ हजार सहित प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो ।
प्रतिक्रिया