ताजा अपडेट »

इरानी सेनाले ड्रोन खसाल्यो

विहीबार, ०५ असार २०७६

असार ५  । इरानी वायु सेनाले अमेरिकाको ड्रोन खसालेको दाबी गरेको छ । इरानको रिभोलुस्नरी गार्डको हवाइ प्रतिरक्षा विभागले होर्मोजगन प्रान्स नजिकै अमेरिकी ड्रोन खसालिदिएको हो । बिहीबार आरक्यू-४ नामक ड्रोनलाई रिभोलुस्नरी गार्डले क्षेप्यास्त्र प्रहार गरी खसालिदिएको इरानको राज्य नियन्त्रित समाचार माध्यम आइआरएनएले जनाएको छ ।

क्षेप्यास्त्र प्रहार भएपछि उक्त ड्रोन पर्सियाको खाडी नजिकै खसेको थियो । तर अमेरिकी सेनाले भने इरानी भूभागमा आफूले कुनै ड्रोन नउडाएको बताएको छ । डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ ।

-एजेन्सी