ताजा अपडेट »

आरटीपीसीआर परीक्षणमा दुई हजार २२० सङ्क्रमित, २८७ निको

बुधबार, ०८ बैशाख २०७८

काठमाडौं । नेपालमा कोरोनाभाइरसका दुई हजार २२० जना नयाँ सङ्क्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा आठ हजार ८४४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका हाल दश हजार ५८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ८०३ जनाको एन्टीजेन परीक्षण गरेकोमा १३१ जनामा पोजिटिभ पाइएको जनाएको छ । एन्टीजेनसहित नेपालमा पछिल्लो चौबीस घण्टामा दुई हजार ३५१ जनामा काेराेना फेला परेकाे हाे ।मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २८७ जना सङ्क्रमित निको भएका छन् । सङ्क्रमित निको हुने दर ९५.३ प्रतिशतमा तल पुगेको हो । हाल ८६ जना क्वारेन्टिनमा छन् ।सङ्क्रमि मध्ये १८० जना अासीयू र ४७ जना भेन्टिलेटरमा रहेर उपचार गरिरहेका छन् ।